काठमाडौँ– ललितपुरको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल कालेश्वर महादेव मन्दिरको महिमा भजनसहितको भिडियो सार्वजनिक भएको छ। उक्त भिडियो नवराज संजेल आरजे नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
गायिका निशा देशारको स्वरमा रहेको भजनमा कृष्ण दाहालले संगीत भरेका छन्। चरसुन्दर महर्जनको परिकल्पनामा तयार भजन नवराज संजेलको निर्देशनमा बनेको छ।
दक्षिण ललितपुरको महाँकाल गोटीखेलमा रहेको कालेश्वर महादेव चापागाउँस्थित प्याङगाउँमा बस्ने महर्जनहरूको कुलदेवता र इष्टदेवता हुन्।
उक्त मन्दिर परापूर्वकालमा कालपुरुषले तपस्या गरेको ठाँउका नामले चर्चित छ।
प्रकाशित: ११ वैशाख २०८० १८:२१ | Monday, April 24, 2023
प्रतिक्रिया



