बारा-२ मा ११ बजेबाट मतगणना

हिमाल प्रेस ११ वैशाख २०८० १०:०३ | Monday, April 24, 2023
बारा-२ मा ११ बजेबाट मतगणना

काठमाडौँ- बारा क्षेत्र नम्बर २ को मतगणना बिहान ११ बजे सुरु हुने भएको छ। भर्खरै सम्पन्न सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना गर्ने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार मतगणना शैक्षिक तालिम केन्द्रमा हुनेछ।

आइतबार नै राति सर्वदलीय बैठक बस्ने भनिए पनि हावाहुरी र वर्षाका कारण रोकिएको थियो। त्यसै कारण ढिलोगरी मतगणना सुरु हुन लागेको हो।

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन्।

प्रकाशित: ११ वैशाख २०८० १०:०३ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast