तनहुँले राष्ट्रपति पाइसक्यो, गोविन्दलाई मन्त्री बनाउँछु : शेरबहादुर देउवा

हिमाल प्रेस ६ वैशाख २०८० १८:०९ | Wednesday, April 19, 2023
तनहुँले राष्ट्रपति पाइसक्यो, गोविन्दलाई मन्त्री बनाउँछु : शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान पनि पृथ्वीनारायण शाहको जत्तिकै भएको बताएका छन्।  बुधबार तनहुँको चुनावी सभालाई सम्बोधन गर्दै उनले देश निर्माणमा तनहुँको योगदान उच्च रहेको बताए।

तनहुँ आदिकवि आचार्यको जन्मभूमि हो । देउवाले तनहुँ अब राष्ट्रपतिको भूमि पनि भएको बताए ।  ‘देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान पृथ्वीनारायणको भन्दा कम छैन,’ देउवाले भने, ‘तनहुँले अब राष्ट्रपति पनि पाइसकेको छ। यो राष्ट्रपतिको समेत भूमि हो।’

उनले जिताएर पठाए गोविन्द भट्टराईलाई मन्त्री बनाउने प्रतिबद्धता व्यक्त गरे। देउवाले तनहुँमा प्राविधिक विश्वविद्यालय र अस्पताल बनाउने जिम्मा आफ्नो भएको आश्वासन पनि दिएका छन्। ‘गोविन्द योग्य उम्मेदवार हुनुहुन्छ। उहाँ मन्त्री हुन योग्य हुनुहुन्छ।’

तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि यहाँ वैशाख १० गते उपनिर्वाचन हुँदैछ। यहाँ नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका अर्थविद् डा.स्वर्णिम वाग्ले पनि उम्मेदवार बनेकाले कांग्रेसलाई यस निर्वाचनमा दबाब सिर्जना भएको छ।

प्रकाशित: ६ वैशाख २०८० १८:०९ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast