उच्च शिक्षा सुधारमा चैतन्यका चार सूत्र

हिमाल प्रेस १४ मंसिर २०७९ १८:४८ | Wednesday, November 30, 2022
उच्च शिक्षा सुधारमा चैतन्यका चार सूत्र चैतन्य मिश्र।

काठमाडौँ– समाजशास्त्री प्रा. डा. चैतन्य मिश्रले विश्वविद्यालयीय शिक्षा सुधारका लागि चारवटा सूत्र प्रस्तुत गरेका छन्।

बुधबार काठमाडौँस्थित मार्टिन चौतारीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मिश्रले शिक्षा सुधारका लागि चार सूत्र प्रस्तुत गरेका हुन्।
शिक्षा सुधार गर्न यी हुन् मिश्रका चार सूत्र:

१- दलीयकरणको जाँतो, नागरिक र व्यवसायिक अस्मिताको हरण

राजनीतिक दल चाहिन्छ। दलीय व्यवस्था खोजेको हो तर व्यवसायी पनि राजनीतिज्ञ हुने व्यवस्था खोजेको होइन।

अहिले जसलाई पनि आफ्नो कार्यकर्ता बनाउने प्रचलनका कारण सवै क्षेत्रमा दलीय प्रभाव कायम छ। शिक्षक र कर्मचारी दलका दास बन्दा शिक्षामा सुधार हुन सकेको छैन।

विश्वविद्यालयको स्थापित मान्यतालाई राजनीतिज्ञले चिर्दै विश्वविद्यालयको पठन-पाठनदेखि प्रशासनसम्म, विद्यार्थीदेखि पदाधिकारीसम्ममा दलीय प्रभाव छ।

उनीहरू नै एक अर्कालाई आक्षेप लगाएर विश्वविद्यालयलाई बिगार्ने काम गरेका छन्। शिक्षक प्राध्यापक दलको कार्यकर्ता हुनुहुँदैन। विश्वविद्यालय दलीय अखडाबाट मुक्त हुनुपर्छ।

२- विश्वविद्यालय प्रणालीको पुर्नसंरचना

विश्वविद्यालयको पुर्नसंरचना गर्न आवश्यक छ। विषयगत र देशको स्थानिय आवश्यकताको आधारमा विश्वविद्यालय निर्माण हुनुपर्छ।

३- पठन-पाठनको पुनरावलोकन

विश्वविद्यालय शिक्षामा न्युनत आवश्यक विषयहरू अध्यापन हुन आवश्यक छ। विषय पनि स्थानीय आवश्यकतालाई अध्ययन गरेर वजारको मागलाई ध्यानमा राखेर नयाँ पाठ्यक्रम समयअनुसार परिमार्जन गर्दै लानुपर्छ।

४-  प्राध्यापक चयन र क्षमता विकास

विश्वविद्यालयमा शिक्षक भर्ती गर्ने सेवा आयोग खारेज गर्न आवश्यक छ। यसको छनोट विधि न्यासंगत छैन। अन्यत्र अवसर नपाएपछि विश्वविद्यालयमा आउने वा दलीय बाटो समाएर आउनेको संख्या उल्लेख्य छ।

विषयगत कमिटीले जनशक्ती छनोट गर्नुपर्छ। शिक्षक सेवा आयोगको अर्थ नवर्थको अन्तर्वार्ता र परीक्षा आवश्यक छैन। शिक्षकले पढाउन जानेको छ कि छैन। त्यो प्रमुख कुरा हो।

प्रकाशित: १४ मंसिर २०७९ १८:४८ | Wednesday, November 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast