हात्तीपीडितलाई एक वर्षमा झन्डै दुई करोड रुपैयाँको सरकारी राहत

हिमाल प्रेस २४ साउन २०८३ ६:४३ | Sunday, August 9, 2026
8
SHARES
हात्तीपीडितलाई एक वर्षमा झन्डै दुई करोड रुपैयाँको सरकारी राहत

काठमाडौँ- सरकारले झापाका हात्तीपीडितलाई एक वर्षमा झण्डै दुई करोड रुपैयाँ बराबरको राहत वितरण गरेको छ।

डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा हात्तीपीडितलाई एक करोड ९९ लाख ९० हजार ६८६ रुपैयाँ राहत वितरण गरेको हो।

झापामा हात्तीको आक्रमणबाट एक वर्षमा छ जनाको मृत्यु भएको छ भने १७ जना सख्त घाइते भएका छन्।

मृतकका परिवारलाई जनही रु १० लाखका दरले रु ६० लाख र सख्त घाइतेलाई रु २६ लाख ६० हजार ८६२ राहत प्रदान गरिएको डिभिजन वन कार्यालय झापाका कार्यालय प्रमुख नथुनी गोइवार यादवले जानकारी दिए।

त्यस्तै, १५ पशुधनमा क्षति पुगेबापत रु एक लाख ५० हजार, १९१ वटा भण्डारण गरेको अन्नको क्षति भएबापत रु १५ लाख २० हजार २६४, २६८ घरगोठमा क्षति भएबापत रु ४२ लाख ५४ हजार ५६० र अन्नबालीको क्षति भएबापत रु ५४ लाख पाँच हजार क्षतिपूर्ति वितरण गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast