शिक्षकको बढेको तलबभत्ता भुक्तानी गर्न अर्थ मन्त्रालयको परिपत्र

हिमाल प्रेस २१ साउन २०८३ १०:३२ | Thursday, August 6, 2026
186
SHARES
शिक्षकको बढेको तलबभत्ता भुक्तानी गर्न अर्थ मन्त्रालयको परिपत्र

काठमाडौँ- नेपाल सरकारले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारी (निजामतीकरण प्रयोजन) को नयाँ तलबमान तथा सुविधा साउन १ गतेदेखि लागू गरेको छ।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले बुधबार जारी गरेको परिपत्रअनुसार मन्त्रिपरिषद्को साउन ४ गतेको बैठकले गरेको निर्णय कार्यान्वयनका लागि सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयलाई निर्देशन दिइएको हो।

परिपत्रमा २०८३ साल साउन १ गतेदेखि लागू हुने गरी सम्बन्धित कर्मचारीलाई नयाँ तलबमान, ग्रेड तथा प्राविधिक ग्रेडअनुसारको सुविधा उपलब्ध गराइने उल्लेख छ।

एक दिनको तलब बराबरको ग्रेड रकम र तलब वृद्धि पश्चात कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता समेत भुक्तानी गर्न निर्देशन दिइएको छ।

अर्थ मन्त्रालयले सम्बन्धित निकायलाई मन्त्रिपरिषद्को निर्णयअनुसार नयाँ तलबमान र सुविधा कार्यान्वयन गरी भुक्तानी प्रक्रिया अघि बढाउन परिपत्रमार्फत आग्रह गरेको छ।

प्रकाशित: २१ साउन २०८३ १०:३२ | Thursday, August 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast