काठमाडौँ- खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरमा एक जनालाई पक्राउ गरिएको छ।
उपभोक्तालाई प्रतिसिलिन्डर रु ७ हजारका दरले ग्यास बिक्री गरेको भन्ने सूचनाका आधारमा भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटका ५७ वर्षीय तुलसीराम त्वयनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो।
उनले सञ्चालन गरेको किराना पसलबाट तीन थान सिलिन्डर पनि बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिए। रासस
प्रकाशित: २४ साउन २०८३ ६:३९ | Sunday, August 9, 2026
प्रतिक्रिया


