मन्त्रिपरिषद् बैठक : फोहोर नउठाउने बालेनको निर्णयप्रति सरकारको गम्भीर ध्यानाकर्षण

हिमाल प्रेस २८ चैत २०७९ १८:०४
12
SHARES
मन्त्रिपरिषद् बैठक : फोहोर नउठाउने बालेनको निर्णयप्रति सरकारको गम्भीर ध्यानाकर्षण फाइल तस्बिर

काठमाडौँ- सरकारले सिंहदरबारको फोहर नउठाउने काठमाडौँ महानगरको निर्णय फोहोर व्यवस्थापन स्थानीय नीति विपरीत भएको ठहर गरेको छ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले सिंहदरबार, बालुवाटार, राष्ट्रपति निवासलगायतका स्थानका फोहर नउठाउने काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अभिव्यक्तिप्रति छलफल गर्दै महानगरको निर्णय फोहोर व्यवस्थापन स्थानीय नीति विपरीत भएको ठहर गरेको हो।

बैठकपछि सरकारका प्रवक्ता रेखा शर्माले फोहर नउठाउने विषय महानगरको फोहोर व्यवस्थापन स्थानीय नीतिगत व्यवस्थासंग सम्बन्धित भएकाले यस विषयमा छलफल गर्ने बताए।

छलफलबाट पनि समस्या समाधान नभए काठमाडौँ महानगरको गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको उनको भनाइ छ। शर्माले फोहोर व्यवस्थापन स्थानीय सरकारले नै गर्ने नीति रहेको र सो नीतिबाट काठमाडौँ महानगर भाग्न नमिल्ने बताइन्।

बैठकले आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशाक विषाधी अवशेषको सीमा निर्धारण गर्न स्वीकृत गरेको प्रवक्ता शर्माले बताइन्।

बालेनले दिए सिंहदरबारको फोहर नउठ्नुको कारण

बालेनको निर्देशनपछि उठेन सिंहदरबारभित्रको फोहोर

 

प्रकाशित: २८ चैत २०७९ १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast