मधेश प्रदेशसभा बैठक बस्दै

हिमाल प्रेस २७ चैत २०७९ ९:४२ | Monday, April 10, 2023
मधेश प्रदेशसभा बैठक बस्दै

काठमाडौँ- मधेश प्रदेशको प्रदेशसभा बैठक आज (सोमबार) बस्ने भएको छ। करिब दुई महिनापछि सोमबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको हो।

फागुन ४ गतेपछि प्रदेशसभा बैठक बोलाइएको थिएन। सरकारले बिजनेस नदिँदा र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनले प्रदेशसभा बैठक बोलाइएको थिएन।

आजको बैठकमा दुईवटा कार्यसूची रहेको प्रदेशसभा सचिव रञ्जित यादवले जानकारी दिए। उनका अनुसार आजको बैठकमा प्रदेश खेलकुद विकास सम्बन्धी विधेयक र बक्यौता रकम भुक्तानी सम्बन्धी छानबिन समितिको म्याद थप गर्ने कार्य सूची रहेको छ।

बक्यौता रकम छानबिन गरि भुक्तानी प्रक्रिया अगाडि बढाउन उपसभामुख बबिता राउत इसरको संयोजकत्वमा विशेष समिति गठन गरिएको थियो । तर, उपसभामुखले गत फागुन १८ गते राजीनामा दिएका थिए।

त्यसपछि संसद्मा प्रतिनिधित्व गरेका सम्पूर्ण दलले सर्वसहमतिमा लोकतान्त्रिक समाजवादी पार्टी लोसप सांसद रानीकुमारी शर्मालाई जिम्मेवारी दिइएको थियो। समितिले छानबिन गर्न नसकेको भन्दै समय थपको माग गरेको छ।

प्रकाशित: २७ चैत २०७९ ९:४२ | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast