काठमाडौँ- ‘बा : एक योद्धा’ले १० दिनमा १ करोड ९३ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो सिनेमा ६५ हजार ५६० दर्शकले हेरेका छन्। ‘बा : एक योद्धा’ हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्म हो। सन्तानका लागि बाबुआमाले गर्ने संघर्ष र त्याग नै यो फिल्मको मुख्य कथा हो। ‘बा : एक योद्धा’मा दिव्यदेव पन्त, सुहाना थापा, झरना थापा, अनिल बुढाथोकीलगायत कलाकार मुख्य भूमिकामा छन्।
‘आचार्य’ले १० दिनमा एक करोड ५६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ। यस अवधिमा यो फिल्म ५४ हजार १०६ दर्शकले हेरेका छन्। ‘आचार्य’लाई निखिल उप्रेतीले निर्देशन गरेका छन्। मुख्य भूमिकामा निखिलसँगै पूर्णिका सिजापती, प्रमोद अग्रहरि तथा भारतीय कलाकारहरूको अभिनय रहेको छ ।
फिल्म ‘जदौ’ले दश दिनमा १३ लाख ९८ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ। यसलाई तीन हजार ८६७ दर्शकले हेरेको तथ्यांक छ। अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशन रहेको ‘जदौ’मा मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, ऋचा शर्मालगायत कलाकारको अभिनय छ।
दयाहाङ राई मुख्य भूमिकामा रहेको फिल्म ‘पेन्सन पट्टा’ बक्सअफिसमा सफल देखिएको छ। भदौ २६ गतेबाट प्रदशर्नमा आएको यो फिल्मले नौ करोड १३ लाख ग्रसकलेक्सन गरेको छ। माहोत्से गुरुङको निर्देशन रहेको फिल्म ‘पेन्सन पट्टा’मा दयाहाङ राई र गौमाया गुरुङ मुख्य भूमिकामा छन्।
फिल्म ‘एलिफेन्ट: इन द फग’ले एक करोड २७ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ। अविनाश विक्रम शाहको निर्देशन रहेको यो फिल्ममा पुष्पा थिङ मुख्य भूमिकामा छिन्। यो फिल्म ओ:कार अवार्डका लागि सिफारिस भइसकेको छ। फिल्म ‘झिंगे दाउ’ले एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका छन्।
केकी अधिकारी, महेश त्रिपाठी, आँचल शर्मा र कुशल विष्ट मुख्य भूमिकामा छन्। फिल्म ‘बेहुली’ले दुई करोड ९९ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ। सशान कँडेलले निर्देशन गरेको फिल्ममा पारश बम ठकुरी र दिव्या रायमाझी मुख्य भूमिकामा छन् ।
फिल्म ‘पार्वती’ले दुई करोड २९ लाख रुपैयाँ कलेक्सन गरेको छ । नीता ढुंगानाले निर्देशन गरेको यो फिल्ममा नीता :वयं र अशोक दर्जी मुख्य भूमिकामा छन्। साउन १ गतेबाट प्रदशर्नमा आएको फिल्म ‘गौँथली’ २६ करोडको आकडा पार गरेको छ । कपिल रिजालको निर्देशन रहेको यो फिल्मले २६ करोड एक लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् । यो नेपाली फिल्म उद्योगकै दो:रो सबैभन्दा धेरै कमाउने सिनेमा बनिसकेको छ ।



