फिल्म ‘बा : एक योद्धा’ दोस्रो हप्तामा प्रवेश, हालसम्म कति कमायो?

हिमाल प्रेस १७ असोज २०८३ १०:३२ | Saturday, October 3, 2026
फिल्म ‘बा : एक योद्धा’ दोस्रो हप्तामा प्रवेश, हालसम्म कति कमायो?

काठमाडौँ- फिल्म ‘बा : एक योद्धा’ आज शुक्रबारबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । फिल्म बिहीबारसम्म १ करोड ११ लाख रुपैयाँ ग्रसकलेक्सन गर्दै दोस्रो सातामा प्रवेश गरेको हो। निर्माण युनिटका अनुसार फिल्म अहिलेसम्म ४० हजार ८२३ दर्शकले हेरेका छन् । फिल्मले रिलिज दिन भन्दा अहिले दर्शक बढी रहेको निर्देशक हरि लम्सालले बताए।

फिल्मका बा अथवा दिव्यदेवले ‘बास् एक योद्धा’लाई इभी गाडीसँग तुलना गरेका छन्। उनले पेट्रोलरडिजेल गाडी जस्तै यसले बिस्तारै गति लिएको बताएका छन् । दर्शकको माया बढ्दै जाँदा र शोहरु भरिँदै जाँदा बक्सअफिस पनि बिस्तारै उचालिँदै छ।

‘हरेक दिन फिल्मको व्यापार बढिरहेको छ। हेर्ने दर्शकले परिवारका सबै सदस्यलाई हेर्न पठाउने बताइरहनु भएको छ,’ निर्देशक लम्सालले भने, ‘यसले अब हरेक दिन दर्शकको संख्या बढ्दै जानेमा हामी ढुक्क छौँ।’ वर्ड अफ माउथ राम्रो पाउँदा फिल्ममा हरेक दिन दर्शकको चाप बढ्दै गएको उनको भनाइ छ।

फिल्मको कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीमा केन्द्रित छ। फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय छ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन्।

प्रकाशित: १७ असोज २०८३ १०:३२ | Saturday, October 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast