सुनसरी ३ : चाैधरीभन्दा ५ हजार ५ सय मतान्तरले गच्छदार पछाडि

हिमाल प्रेस १३ मंसिर २०७९ ७:१७ | Tuesday, November 29, 2022
सुनसरी ३ : चाैधरीभन्दा ५ हजार ५ सय मतान्तरले गच्छदार पछाडि

काठमाडौँ- सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमाले उम्मेदवार भगवती चौधरीले निरन्तर अग्रता कायम गरिरहेकी छन्।
उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदार भन्दा ५ हजार ५ सय ३५ मत बढी ल्याएकी छन्।

चौधरीले ३६ हजार ९३६ मत पाएकी छन् भने गच्छदारले ३० हजार ६०१ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले भने ६२६९ मत पाएका छन्।

सुरुवातबाटै चौधरीले अग्रता कायम गरिरहेकी छन्। २०७४ सालको निर्वाचनमा भने चौधरीलाई हराउँदा गच्छदार यही क्षेत्रबाट विजयी भएका थिए।

प्रकाशित: १३ मंसिर २०७९ ७:१७ | Tuesday, November 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast