अहिलेकै सत्तागठबन्धनले देशको नेतृत्व गर्छ : कृष्ण सिटौला

हिमाल प्रेस १२ मंसिर २०७९ २१:१४
12
SHARES
अहिलेकै सत्तागठबन्धनले देशको नेतृत्व गर्छ : कृष्ण सिटौला

बिर्तामोड– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले मुलुकको आगामी राजनीतिक नेतृत्व अहिलेकै सत्तागठबन्धनले गर्ने बताएका छन्।

झापाको बाह्रदशीमा सोमबार मतदातासमक्ष बोल्दै नेता सिटौलाले यस्तो बताएका हुन्। गठबन्धनमा रहेकै दलहरूले आगामी पाँच वर्षका लागि देशको राजनीतिलाई गति दिने उनको भनाइ छ।

निर्वाचनको परिणामले नेपालको राजनीति नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीकै सेरोफेरोमा रहने देखिएको उनले उल्लेख गरे। उनले निर्वाचनको परिणामबाट नआत्तिन मतदातालाई अनुरोध गरे।

नेपाल र नेपालीको भविष्य बहुलवादमा आधारित संघीयता, गणतन्त्र र धर्म निरपेक्षतामा सुरक्षित रहेको नेता सिटौलाले उल्लेख गरे।

‘बहुलवादसित गाँसिएर आएको संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विपक्षमा जाने हो भने नेपाल र नेपालीको भविष्य निरंकुशतामा अल्झन्छ,’ उनले भने।

हार जित स्वाभाविक भएकाले दुःख नमानी आगामी दिनका लागि संगठन विस्तार गर्दै विकास-निर्माणको वातावरण बनाउन गठबन्धनका सहकर्मी सबैलाई नेता सिटौलाले आग्रह गरे। हालै सम्पन्न निर्वाचनमा सिटौला झापा ३ बाट पराजित भएका हुन्।

उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले पराजित गरेका हुन्।

प्रकाशित: १२ मंसिर २०७९ २१:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + six =