थापाथलीमा सुकुमबासी बस्ती हटाउन खोज्दा नगर प्रहरीमाथि प्रतिकार [तस्बिरहरू]

दिपेश श्रेष्ठ १२ मंसिर २०७९ १६:१९ | Monday, November 28, 2022
थापाथलीमा सुकुमबासी बस्ती हटाउन खोज्दा नगर प्रहरीमाथि प्रतिकार [तस्बिरहरू]

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित सुकुमबासी बस्ती हटाउने तयारी गरेको छ।

सोमबार दिउँसो काठमाडौँ महानगर प्रहरी र प्रतिनिधिसहितको टोलीले बस्ती हटाउने तयारी गरेको हो।

थापाथलीस्थित बागमती नदीको दुवैतर्फ सुकुमबासी बस्ती छ। सोमबार प्रहरीले प्रसुति गृहतर्फको बस्तीमा डोजर लगाउन तयारी गर्ने क्रममा बस्तीका बासिन्दा  प्रहरीमाथि हस्तक्षेप गर्दै प्रतिकारमा उत्रिएका छन्। बस्तीमा बस्दै आएकाहरूले नगर प्रहरीमाथि ढुंगा प्रहार गर्दै विरोधस्वरूप टायर जलाएका छन्।

उनीहरूले महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सुकुमबासी हकविपरीत कदम चालेको भन्दै उनको विरोधमा नाराबाजी पनि गरेका छन्।

तत्कालीन मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा पनि महानगरपालिकाले उक्त बस्तीले ओगटेको भू-भाग खाली गराउने प्रयास गरेको थियो। तर स्थानीयवासीको विरोधका कारण महानगरपालिका पछि हटेको थियो।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको पहलमा सहरी मन्त्रालयले काठमाडौँको इचंगुनारायणमा सुकुम्बासीहरूलाई बसोबासका लागि आधुनिक घर निर्माण गरिसकेको छ।

तर काठमाडौँका सुकुमबासी सो घरमा नबसेर बागमती, विष्णुमतीलगायत नदी किनारको जग्गा ओगटेर बस्दै आएका छन्।

तस्बिरहरू- दिपेश श्रेष्ठ / हिमाल प्रेस

 

प्रकाशित: १२ मंसिर २०७९ १६:१९ | Monday, November 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast