खरिदारका लागि खुल्यो विज्ञापन

हिमाल प्रेस २४ फागुन २०७९ ९:२९
4
SHARES
खरिदारका लागि खुल्यो विज्ञापन

काठमाडौँ- लोकसेवा आयोगले खरिदारका लागि दरखास्त आह्वान गरेको छ। आयोगले निजामती सेवाका सेवा समूह, उपसमूहका राजपत्र अनंकित द्वितीय श्रेणीका पदहरूमा खुला र समावेशीगरी ५१३ जनाका लागि दरखास्त आह्वान गरेको हो।

प्रत्येक विज्ञापनका लागि ५ सय बुझाउनु पर्नेछ भने समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारले भने थप समूहका लागि १५० तिर्नुपर्ने आयोगले जनाएको छ।
अनलाइनबाट पनि दरखास्त दिन सकिने आयोगले जनाएको छ। दरखास्त चैत १२ सम्म र दोब्बर दस्तुर तिरेर भने चैत २१ सम्म दिन सकिनेछ।

 

प्रकाशित: २४ फागुन २०७९ ९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =