जनकपुरमा मिथिला माध्यमिकी परिक्रमा जारी

हिमाल प्रेस २३ फागुन २०७९ ८:०८
18
SHARES
जनकपुरमा मिथिला माध्यमिकी परिक्रमा जारी

जनकपुरधाम- १५ दिने मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन आज जनकपुरधामको अन्तरगृह परिक्रमा जारी रहेको छ।
अन्तरगृह परिक्रमामा सहभागी भए १५ दिने माध्यमिकी परिक्रमा सरह फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ। सोहिअनुरूप अन्तरगृह परिक्रमामा पनि लाखौं भक्तजनले सहभागिता जनाउने गरेका छन्।

अन्तरगृह परिक्रमामा लाखौं संख्यामा साधुसन्त, स्थानीयबासी तथा श्रद्धालुहरूको सहभागिता रहेको छ।

धनुषाको ठेरा कचुरीस्थित मिथिला बिहारी मठबाट निस्केको मिथिला बिहारीको डोला तथा जनकपुरधामको सुन्दर सदनबाट निस्केको किशोरीजीको डोला नेपाल र भारतको विभिन्न धार्मिक स्थलको परिक्रमा गर्दै सोमबार पुनः जनकपुरधाम आइपुगेको थियो।

जनकपुरधामको हनुमान नगरस्थित हनुमानगढीबाट विधिवतरूपमा सुरू भएको परिक्रमा भारतको कल्याणेश्वर, गिरिजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही हुँदै पुनः भारत बिहारको करूणा, विशौल हुँदै जनकपुरधाममा बिश्राम गरेर अन्तरगृह परिक्रमा गरेसँगै मिथिलाको महाकुम्भ भनिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदैछ।

अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलीपल्ट होली खेल्ने प्रचलन छ।

प्रकाशित: २३ फागुन २०७९ ८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 16 =