आज तराईमा फागु

हिमाल प्रेस २३ फागुन २०७९ ७:०२
2
SHARE
आज तराईमा फागु

काठमाडौँ- आज फागु शुक्ल पूर्णिमा अर्थात् तराईमा होली खेल्ने दिन। देशका पहाडी भागमा हिजो मनाइने होली पर्व तराईमा भने आज धुमधामका साथ मनाइँदैछ।

आज तराईका अधिकांश जिल्लाहरू बाँके, बर्दिया, धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरीलगायतमा विशेष उल्लासका साथ होली पर्व मनाइँदैछ। तराईका अरू जिल्लाहरूमा पनि उस्तै खुसीयाली र धूमधामसँग होली पर्व मनाउने गरिन्छ।

सरकारले यस पर्वको अवसरमा तराईमा सार्वजनिक बिदा दिएको छ। हिजो पहाडी भागमा मनाइने होलीको अवसरमा पहाडी भागमा सार्वजनिक बिदा थियो।

होलीको अवसरमा एक आपसमा रंग, अबीर लगाई नाच्दै र जोगिरा गाउँदै होलीलाई विशेष उत्सवको रूपमा लिइन्छ। काठमाडौँ उपत्यका सहित पहाडी क्षेत्रमा बसोबास गर्ने तराईका बासिन्दाले पनि आपसमा शुभकामना आदानप्रदान सहित होली पर्व मनाउँदै छन्।

होली मनाइने तराईका जिल्लाहरूमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ। पहाडी क्षेत्रहरूमा भने सोमबार नै धूमधामका साथ होली मनाइएको छ।

प्रकाशित: २३ फागुन २०७९ ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 11 =