फागु पर्वमा काठमाडौँको सुरक्षा कडा

हिमाल प्रेस २२ फागुन २०७९ ७:३४
10
SHARES
फागु पर्वमा काठमाडौँको सुरक्षा कडा

काठमाडौँ- फागु पूर्णिमाको सुरक्षाका लागि काठमाडौं उपत्यकामा साढे ८ हजार प्रहरी परिचालन हुने भएका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले होलीको दिन थप २ हजारसहित साढे ८ हजार प्रहरी परिचालन गर्न लागेको जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालयकुमार श्रेष्ठले शान्तिपूर्ण रूपमा होली पर्व मनाउन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागेको बताए। उनले होलीमा दैनिकभन्दा बढी संवेदनशील र अति संवेदनशील क्षेत्रमा गरी ६२ स्थानमा थप सुरक्षा चेक प्वाइन्ट राखिने जानकारी दिए।

नेपाल प्रहरीले सर्वसाधारणका नाममा अनुरोध जारी गर्दै सभ्य एवं सुरक्षित, शिष्ट, स्वस्थ्यकर र मर्यादित तवरले मनाउन आग्रह गरेको छ। ‘कसैको इच्छाविपरीत रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाऔं, नछ्यापौं । छाला तथा आँखामा असर गर्ने केमिकल रगंको प्रयोग नगरौं। श्रृंगार गरगहना लगाई होली खेल्ने ठाउँमा नजाऔं, रेलिङ नभएको छत र सडकमा होली नखेलौं, आत्मीय रूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेलौं,’ प्रहरीले जारी गरेको अपिलमा भनिएको छ।

प्रहरी प्रधान कार्यालयले भीडभाड हुने स्थानमा नजानसमेत आग्रह गरेको छ। प्रहरीले इच्छाविपरीत होली खेले जबरजस्ती गरे तत्काल सार्वजनिक अपराध, अभद्र व्यवहारलगायतमा मुद्दा दर्ता गराइने जनाएको छ।

प्रकाशित: २२ फागुन २०७९ ७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =