मनाइयो यदु स्मृति दिवस

हिमाल प्रेस २१ फागुन २०७९ १३:४७
18
SHARES
मनाइयो यदु स्मृति दिवस

काठमाडौँ- पत्रकार तथा साहित्यकारसमेत रहेका यदुकुमार गौतमको सम्झनामा आज (आइतबार) २४औँ यदु स्मृति दिवस मनाइएको छ। यदु स्मृति प्रतिष्ठान रुकुमको आयोजनामा काठमाडौंस्थित प्रेसिडेन्सियल बिजनेस स्कुल थापागाउँमा रुकुमवासीहरूले स्मृति दिवस मनाएका हुन्।

कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्व. गौतमको तस्बिरमा माल्यार्पण गरे। दिवसको अवसरमा २१ औं यदु स्मृति पत्रकारिता पुरस्कार पत्रकार लोकबहादुर चौधरीलाई प्रदान गरिएको छ। उनी गोरखापत्र दैनिकमा कार्यरत छन्।

शान्ति स्थापना, मानव अधिकार परिपालना तथा दण्डहिनताको अन्त्यमा पत्रकार चौधरीले गरेको योगदानको कदरस्वरूप उनलाई यो पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

उनलाई एमाले महासचिव शंकर पोखरेल र यदु स्मृति प्रतिष्ठानका अध्यक्ष सुजाता गौतमले २० हजार रूपैयाँसहित कदरपत्रले सम्मान गरे। प्रतिष्ठानले विगत २४ वर्षदेखि हरेक वर्ष दिवसका अवसरमा मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्दै आइरहेको छ।

तत्कालीन नेकपा (एमाले) रुकुमका सचिव रहेका यदु गौतमलाई २०५५ फागुन २१ मा तत्कालीन नेकपा माओवादीले हत्या गरेको थियो।

प्रकाशित: २१ फागुन २०७९ १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − five =