राष्ट्रपतिमा पौडेलको जित सुनिश्चित भइसक्यो : प्रकाशमान सिंह

हिमाल प्रेस १८ फागुन २०७९ १०:१९
50
SHARES
राष्ट्रपतिमा पौडेलको जित सुनिश्चित भइसक्यो : प्रकाशमान सिंह

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बिथोलिएको राजनीतिक वातावरण सही ठाउँमा आएको बताएका छन्।

नेपाली कांग्रेसको पार्टी कार्यक्रमका लागि सिरहा पुगेका सिंहले सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचनमा जाँदा जुन गठबन्धन बनेको थियो त्यही गठबन्धन बनेको दाबी गरे।

उनले केही समय असहजतातर्फ राजनीति अघि बढे पनि अहिले जनताको जनमत अनुरुपको राजनीतिक परिस्थिति निर्माण भएको स्पष्ट पारे।

सिंहले राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलको जित सुनिश्चित रहेको दाबी गरे। अहिले मुलुक अर्थतन्त्र संकटमा रहेको बताउँदै नेता सिंहले बिग्रिएको परिस्थितलाई समालेर जान चुनौती रहेको बताए। हरेक चुनौतीको सामना गर्दै सहज राजनीतिक वातावरण निर्माण गर्नुपर्ने दायित्व राजनीतिक दलसँग रहेको सिंहले बताए।

प्रकाशित: १८ फागुन २०७९ १०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 2 =