राष्ट्रपति उम्मेदवार

तीनदलीय बैठकपछि प्रचण्डले भने- ओलीजीसँग छलफल गरेर टुंगो लगाउँछु

हिमाल प्रेस ११ फागुन २०७९ २०:२२ | Thursday, February 23, 2023
तीनदलीय बैठकपछि प्रचण्डले भने- ओलीजीसँग छलफल गरेर टुंगो लगाउँछु

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति उम्मेदवारबारे बिहीबार बसेको तीनदलीय बैठक निष्कर्षमा पुग्न नसकेको बताएका छन्।

राष्ट्रपति उम्मेदवार टुंगो लगाउन नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी, नेपाल (जसपा)सँगको बैठकपछि उनले अब नेकपा एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेर यसबारे निष्कर्ष निकालिने बताए।

‘छलफल चलिराखेको छ। टुंगोमा पुग्न सकिएको छैन। भोलि एमाले अध्यक्षसँग भेटेर छलफल गर्नेछु,’ उनले तीन दलीय बैठकपछि भने।

अब नेकपा या पुरानो गठबन्धन ब्युँताउने तयारी हो? भन्ने प्रश्नमा उनले भने,‘त्यस्तो केही टुंगो भएको छैन। सबै दलबीच छलफल भइराखेको छ।’

राष्ट्रपति उम्मेदवार चयनकै विषयमा प्रचण्डले बुधबार नेपाली कांग्रेससँग छलफल गरेका थिए।

पाँच दलीय बैठक स्थगित

प्रकाशित: ११ फागुन २०७९ २०:२२ | Thursday, February 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast