क्रिकेट टिमलाई प्रधानमन्त्री दाहालले दिए बधाई

हिमाल प्रेस ९ फागुन २०७९ १७:३० | Tuesday, February 21, 2023
क्रिकेट टिमलाई प्रधानमन्त्री दाहालले दिए बधाई

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्कटल्यान्डमाथि जित हात पार्दै सिरिज क्लिनस्विप गरेकोमा नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन्। उनले सम्पूर्ण खेलाडीको निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आईसीसी क्रिकेट विश्वकप लिग टु च्याम्पियन स्कटल्यान्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्विप गरेकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्पूर्ण खेलाडीहरूको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।’

कप्तान रोहित पौडेल र करण केसीले नवौँ विकेटमा ७५ रनको साझेदारी गरेपछि नेपालले स्कटल्यान्डमाथि मंगलबार दुई विकेटको जित हासिल गरेको छ।

स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितले अविजित ९५ रन बनाएका थिए। उनलाई साथ दिएका करणका नाममा ३१ रन रहेको थियो।

लिग-२ : घरेलु मैदानमा नेपालको सम्झनलायक क्लिन स्विप

प्रकाशित: ९ फागुन २०७९ १७:३० | Tuesday, February 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast