पाँच लाख नक्कली नोटसहित तीन जना पक्राउ

हिमाल प्रेस ३ फागुन २०७९ ८:३८ | Wednesday, February 15, 2023
पाँच लाख नक्कली नोटसहित तीन जना पक्राउ सांकेतिक तस्बिर।

नेपालगञ्ज- बाँकेको नेपालगञ्जबाट करिब पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरूलाई पक्राउ गरेको हो।

बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन्। उनीहरूको साथबाट प्रहरीले एक हजारका नक्कली नोट पाँच सय ६९ थान बरामद गरेको छ।

रानाका साथबाट चार सय १८ थान नक्कली नेपाली एक हजारको नोट र कुमाइको साथबाट एक सय ५१ थान नक्कली नेपाली एक हजारको नक्कली नोट बरामद गरिएको छ। नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका तीनैजनालाई मंगलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।

प्रकाशित: ३ फागुन २०७९ ८:३८ | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast