बाँकेबाट झन्डै ६४ ग्राम लागूऔषध बरामद, ७ पक्राउ

हिमाल प्रेस १ असोज २०८३ ७:४५ | Thursday, September 17, 2026
बाँकेबाट झन्डै ६४ ग्राम लागूऔषध बरामद, ७ पक्राउ

बाँके- प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ।

नेपालगन्ज उपमहानगरपालिका–२ स्थित मुन लाइट होटेलमा लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाका चार जनालाई पक्राउ गरिएको छ । उनीहरुका साथबाट १२ दशमलव ४६० ग्राम लागूऔषध बरामद भएको छ। नेपालगन्ज उपमहानगरपालिका–३ बाट तीन जनालाई पक्राउ गरिएको छ ।

उनीहरुका साथबाट ५१ दशमलव ५४ ग्राम लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए।
पक्राउ परेकाका साथबाट प्रहरीले मोटरसाइकल, डिजिटल, तराजु, एनसेलका सिमकार्ड नौ थान, एनटिसीका तीन थान सिमकार्ड बरामद गरेको छ।

भारतीय रुपैयाँ एक लाख ४६ हजार, रु ९९ हजार, विभिन्न कम्पनीका किप्याड मोबाइलका तीन थान बरामद गरेको छ । पक्राउ परेकाहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १ असोज २०८३ ७:४५ | Thursday, September 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast