साउदी अरबमा हुथीको आक्रमण

हिमाल प्रेस १२ मंसिर २०८३ १५:१३ | Saturday, November 28, 2026
8
SHARES
साउदी अरबमा हुथीको आक्रमण फाइल तस्बिर : एपी

काठमाडौँ- साउदी अरबले शनिबार राजधानी रियादलाई लक्षित क्रुज मिसाइल खसालिएको जनाएको छ। यसअघि हुथी मिडियाले यमनमा साउदी आक्रमणको रिपोर्ट गरेको थियो।

यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारलाई समर्थन गर्ने साउदी–नेतृत्वको गठबन्धनले गत गर्मीमा यमनको गृहयुद्ध फेरि सुरु भएदेखि हुथी नियन्त्रित क्षेत्रमा नियमित बमबारी गर्दै आएको छ।

जवाफमा हुथी लडाकुहरूले तेलका लागि समृद्ध राज्य यमनमा लगभग दैनिक आक्रमण गर्दै आएका छन्, जसमा ऊर्जा सुविधा, विमानस्थल र रियादको वित्तीय क्षेत्रमा प्रहार भएको छ।

‘हवाइ रक्षा प्रणालीले हुथी आतंकवादी मिलिसियाले रियाद क्षेत्रतर्फ प्रहार गरेको क्रुज मिसाइल रोकेर नष्ट गरेको छ,’ साउदी गठबन्धनका प्रवक्ता तुर्की अल–माल्कीले एक्समा लेखेका छन्।

यसैबीच हुथी समाचार एजेन्सी सावाले यमनको हुथी लडाकुहरूको नियन्त्रणमा रहेको राजधानी सानामा साउदी आक्रमण भएको रिपोर्ट गरेको छ।

‘सानाको अल–तहरीर जिल्लाको बिर अबू शाम्लाह आवासीय छिमेकलाई साउदी शत्रु बलले निशाना बनाएपछि आठ घर र तीन पसल क्षतिग्रस्त भएका छन्,’ साबाले टेलेग्राममा पोस्ट गरेको छ।

हुथी सञ्चारमाध्यम अल्मासिराका अनुसार यो आक्रमणमा १३ जना घाइते भएका छन्।- रासस/एएफपी

प्रकाशित: १२ मंसिर २०८३ १५:१३ | Saturday, November 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast