यूईएफए च्याम्पियन्स लिग : बार्सिलोनाको सानदार जित

हिमाल प्रेस १० मंसिर २०८३ ८:०५ | Thursday, November 26, 2026
यूईएफए च्याम्पियन्स लिग : बार्सिलोनाको सानदार जित

काठमाडौँ- यूईएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले अजरबैजानको सबाह एफसीविरुद्ध ४–१ को सहज जित दर्ता गरेको छ ।

बुधबार बाकु ओलिम्पिक रंगशालामा पाहुना टोली बार्सिलोनालाई जित दिलाउन एन्थोनी गोर्डनले दुई तथा करिम अदेयेमी र गाब्रियल जिससले एक–एक गोल गरे । सबाहका जोय लान्स मिकल्सले एक गोल फर्काए ।

खेलको ३१औँ मिनेटमा गोर्डनको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । ५१औँ मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।

अदेयेमीले ५५औँ मिनेटमा टोलीका लागि तेस्रो गोल गरे । पाँच मिनेटपछि जिससले गोल गर्दा बार्सिलोनाको अग्रता ४–० मा पुग्यो ।

मिकल्सले ६३औँ मिनेटमा गरेको गोल सबाहका लागि सान्त्वना बन्यो ।

चौथो जितसँगै पाँच खेलबाट १२ अंक जोडेको बार्सिलोना चौथो स्थानमा छ । सबाह समान खेलबाट तीन अंकका साथ ३३औँ स्थानमा छ ।

प्रकाशित: १० मंसिर २०८३ ८:०५ | Thursday, November 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast