साविक विजेता बार्सिलोनाको लालिगामा सानदार सुरुवात, एल्चेविरुद्ध ५ गोल

हिमाल प्रेस ८ भदौ २०८३ ८:३५ | Monday, August 24, 2026
साविक विजेता बार्सिलोनाको लालिगामा सानदार सुरुवात, एल्चेविरुद्ध ५ गोल

काठमाडौँ- साविक विजेता बार्सिलोनाले एल्चेलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै शानदार सुरुआत गरेको छ।  नयाँ कप्तान राफिन्हाले सिजनको पहिलो गोल गरे। खेलको १५ औँ मिनेटमा आफैँले जितेको पेनाल्टीलाई गोलमा परिणत गर्दै उनले बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए।

पहिलो हाफको अन्त्यतिर टोलीका नयाँ खेलाडी करिम एडेयेमीले बार्सिलोनाका लागि आफ्नो ला लिगा डेब्यूमै पहिलो गोल गर्दै अग्रता २–० बनाए। दोस्रो हाफमा बार्सिलोनाले आक्रमणलाई अझ आक्रामक बनायो। राफिन्हाले आफ्नो व्यक्तिगत दोस्रो गोल गरे भने युवा मिडफिल्डर फर्मीन लोपेजले मात्र १० मिनेटको अन्तरमा लगातार दुई गोल गर्दै जित निश्चित गरे। अर्का नयाँ खेलाडी एन्थोनी गोर्डनले पनि दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई उत्कृष्ट असिस्ट प्रदान गरे।

रोबर्ट लेवान्डोस्की र फेरान टोरेसको बहिर्गमनपछि बार्सिलोनाको स्ट्राइकर को हुने भन्ने प्रश्न उठेको थियो। जुलियान अल्भारेजलाई अनुबन्ध गर्ने प्रयास असफल भएपछि प्रशिक्षक फ्लिकले राफिन्हालाई सेन्टर फरवार्डको रूपमा मैदानमा उतारेका थिए। राफिन्हाको ऊर्जावान प्रेसिङ र गोल गर्ने क्षमताले एल्चेको डिफेन्सलाई दिनभर व्यस्त राख्यो। यद्यपि, एन्थोनी गोर्डन मैदान प्रवेश गरेपछि उनी सेन्टरमा सरेका थिए भने राफिन्हा राइट विङमा फर्किएका थिए।

जितका बाबजुद बार्सिलोनाका लागि पहिलो हाफमै धक्का लाग्यो। युवा मिडफिल्डर गाभी घाइते हुँदै हाफटाइमअघि नै मैदान छाड्न बाध्य भए। उनको स्थानमा दोस्रो हाफमा पेड्री मैदान प्रवेश गरेका थिए।

प्रकाशित: ८ भदौ २०८३ ८:३५ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast