८ करोड ७० लाख अमेरिकी डलरमा विश्वविजेता स्पेनिज कप्तान रोड्री बार्सिलोनामा

हिमाल प्रेस ४ भदौ २०८३ ९:१२ | Thursday, August 20, 2026
4
SHARES
८ करोड ७० लाख अमेरिकी डलरमा विश्वविजेता स्पेनिज कप्तान रोड्री बार्सिलोनामा

विश्वविजेता खेलाडी एवं स्पेनका कप्तान मिडफिल्डर रोड्री हर्नान्डेज स्पेनिज टोली बार्सिलोनामा आबद्ध भएका छन्। बार्सिलोनाले इंग्लिस टोली म्यानचेस्टर सिटीमा रहेका रोड्रीसँग सन् २०३० जुन महिनासम्मका लागि सम्झौता गरेको छ।

ला लिगाको वर्तमान विजेता बार्सिलोनाले ३० वर्षीय रोड्रीलाई भित्र्याउन म्यानचेस्टर सिटीसँग केही सातादेखि वार्ता गरिरहेको थियो। सन् २०२४ को ‘बालन डी’ओर’ विजेता रोड्रीका लागि बार्सिलोनाले करिव ७ करोड ५० लाख युरो (८ करोड ७० लाख अमेरिकी डलर) भुक्तानी गरेको बताइएको छ ।

प्रकाशित: ४ भदौ २०८३ ९:१२ | Thursday, August 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast