काठमाडौँ- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २७ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौंबाट दश, सुनसरीबाट सात, झापा र बाराबाट छ, इलामबाट एक तनहुँबाट दुई र दाङबाट एकजनालाई पक्राउ गरिएको हो ।
उनीहरूबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल ट्याब्लेटलगायत प्रतिबन्धित पदार्थ बरामद भएको छ । केहीको साथबाट नगद पनि बरामद भएको जनाइएको छ । उनीहरू मंगलबार र बुधबार पक्राउ परेका हुन् । रासस
प्रकाशित: १० मंसिर २०८३ ७:२६ | Thursday, November 26, 2026
प्रतिक्रिया



