गुडिरहेको जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु

हिमाल प्रेस ८ मंसिर २०८३ ७:०८ | Tuesday, November 24, 2026
2
SHARE
गुडिरहेको जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु

काठमाडौँ- सिन्धुलीमा गुडिरहेको जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ।

कमलामाई नगरपालिका –२ भद्रकालीस्थित भित्री सडक खण्डमा जिपको ढोकाबाट खसेर सिन्धुलीकै घ्याङलेख गाउँपालिका –४ बन्दीपुर बस्ने ५८ वर्षीय मानध्वज योञ्जनको मृत्यु भएको हो।

सोमबार घ्याङलेखबाट सिन्धुलीतर्फ जाँदै गरेको बा. २१ च ८३२५ नम्बरको डबल क्याप बोलेरो जिपबाट खस्दा उनी गम्भीर घाइते भएका थिए।

जिपको लक समातेर बसेको अवस्थामा अचानक लक खुल्दा उनी ढोकाबाट खसेर घाइते भएका थिए। योन्जनलाई सोही गाडीमार्फत उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि चिज चालक सिन्धुलीको कमलामाई नगरपालिका – ५ सिलामे बस्ने २४ वर्षीय टेकबहादुर स्याङ्बोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ मंसिर २०८३ ७:०८ | Tuesday, November 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast