काठमाडौँ- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ओरालो लागेको छ। गत साताको कारोबारको अन्तिम दिन शुक्रबारको तुलनामा आइतबार (मंसिर) छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घटेको हो।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ थियो। आइतबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यसअघि शुक्रबार चाँदीको मूल्य ३ हजार ११० रुपैयाँ थियो ।
प्रकाशित: ६ मंसिर २०८३ १०:५५ | Sunday, November 22, 2026
प्रतिक्रिया



