एनपीएल

लुम्बिनीसँग उपाधि भिडन्त पक्का गर्न क्वालिफायरमा भिड्दैछन् चितवन र सुदूरपश्चिम, कुन बाहिरिएला?

हिमाल प्रेस ३ मंसिर २०८३ ७:२४ | Thursday, November 19, 2026
8
SHARES
लुम्बिनीसँग उपाधि भिडन्त पक्का गर्न क्वालिफायरमा भिड्दैछन् चितवन र सुदूरपश्चिम, कुन बाहिरिएला?

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच दोस्रो क्वालिफायर खेल हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै फाइनल पुगिसकेको छ ।

अंक तालिकाको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको सुदूरपश्चिम पराजित भएपछि फाइनल पुग्ने दोस्रो अवसरका रूपमा दोस्रो क्वालिफायर खेल्न लागेको हो । यता, चितवनले भने बुधबार भएको एलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ६१ रनले पराजित गर्दै सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो ।

एलिमिनेटरमा पहिले ब्याटिङ गरेको चितवनले कमिल मिशाराको अविजित १२० रन र रवि बोपाराको ५३ रनको मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २०४ रनको विशाल योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको काठमाडौँ रिजन ढकालको ४ र उसामा मिरको ३ विकेटको घातक बलिङसामु १४३ रनमै समेटिएको थियो ।

उत्कृष्ट लयमा देखिएको चितवन सोही लयलाई निरन्तरता दिँदै फाइनल पुग्ने दाउमा छ भने सुदूरपश्चिम पहिलो क्वालिफायरको हार बिर्साउँदै उपाधि नजिक पुग्ने लक्ष्यमा मैदान उत्रनेछ ।सुदूरपश्चिम लगातार दुई सिजनको उपविजेता टिम हो ।

पहिलो सिजन जनकपुर बोल्टस र दोस्रो सिजन लुम्बनीनी लायन्ससँग पराजित भएकी सुदूर तेस्रो पटक उपाधि उचाल्ने होडमा छ । चितवन भने पहिलो पटक उपाधि नजिक पुगेको हो ।

प्रकाशित: ३ मंसिर २०८३ ७:२४ | Thursday, November 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast