पोखराको लेकसाइडमा झगडा गर्ने ५ पक्राउ

हिमाल प्रेस ३ मंसिर २०८३ ८:२० | Thursday, November 19, 2026
पोखराको लेकसाइडमा झगडा गर्ने ५ पक्राउ

काठमाडौँ- पोखराको लेकसाइडमा ग्याङफाइट गर्ने पाँच जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । मंसिर २ गते राती साढे १२ बजेतिर लेकसाइडको स्ट्रिट नम्बर १६ मा झै–झगडा तथा कुटपिट भएको सूचना पाएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरूलाई सम्झाई बुझाई गर्ने क्रममा उल्टै प्रहरीमाथि नै अभद्र व्यवहार गरेपछि पक्राउ गरिएको बैदाम प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत अभद्र व्यवहार सम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।

पक्राउ पर्नेमा पोखरा १४ चाउथेका ३० वर्षीय नीरज शर्मा, चाउथेकै २८ वर्षीय विराज अधिकारी, २५ वर्षका टुकबहादुर गुरुङ र २२ वर्षका मनोज पुन छन् । यस्तै, स्याङ्जाको हरिनास गाउँपालिका ४ का २३ वर्षीय सन्दीप थापा पनि पक्राउ परेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: ३ मंसिर २०८३ ८:२० | Thursday, November 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast