एमाले स्थायी कमिटी बैठकमा के भयो?

हिमाल प्रेस १ मंसिर २०८३ १७:४१ | Tuesday, November 17, 2026
एमाले स्थायी कमिटी बैठकमा के भयो?

काठमाडौँ- नेकपा एमालेको दोस्रो स्थायी कमिटी बैठकमा बुधबार र बिहीबार हुन लागेको राष्ट्रिय भेलाको तयारीका बारेमा छलफल गरिएको छ।

मंगलबार एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले बैठकमा विभिन्न उपसमितिको रिर्पोटिङ र छलफल भएको जानकारी दिए।

‘राष्ट्रिय भेलाको तयारीका सन्दर्भमा बैठक केन्द्रीत रहेको थियो। गठन गरिएका विभिन्न उपसमितिको रिर्पोटिङ र छलफल गर्ने काम भयो,’ उनले भने।

बैठकले भेलाका लागि तय गरिएका कार्यसूची अनुमोदन गरेको छ। यस्तै बैठकले पार्टीको चौथो केन्द्रीय कमिटीको बैठक यही मंसिर ४ गते गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिए।

प्रकाशित: १ मंसिर २०८३ १७:४१ | Tuesday, November 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast