जनकपुरविरुद्ध चितवनका बलर हाबी, ८९ रनको लक्ष्य

हिमाल प्रेस २७ कार्तिक २०८३ १८:४३ | Friday, November 13, 2026
जनकपुरविरुद्ध चितवनका बलर हाबी, ८९ रनको लक्ष्य

काठमाडौँ- चितवन राइनोजका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले चितवनसामु ८९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ८८ रन मात्रै बनाउन सक्यो।

जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए। विशाल सुस्लिङले १५ तथा ओपनर सन्तोष कार्कीले १० रनको योगदान दिए। तृतराज दास पाँच रनमा आउट हुँदा रायन बर्लले ६ र आदित्य महताले चार रन बनाए।

त्यस्तै, अविशेष तिवारीले चार रन बनाए भने ह्यारी टेक्टर र जिम्मी निसम खाता नै नखोली पेभेलियन फर्किए।

जनकपुरको ब्याटिङ धराशायी बनाउन चितवनका रन्जित कुमारले सर्वाधिक तीन विकेट लिए। उनले तीन ओभर बलिङ गर्दै एक मेडनसहित मात्र दुई रन खर्चिए।

सिकन्दर राजाले चार ओभरमा दुई मेडन राख्दै १० रन दिएर दुई विकेट हात पारे। कमिल मिसाराले तीन ओभरमा १८ रन खर्चेर दुई विकेट लिए।

रिजन ढकालले दुई ओभरमा आठ रन दिँदै एक विकेट लिए भने कमल ऐरीले पनि एक विकेट आफ्नो नाममा गरे।

प्रकाशित: २७ कार्तिक २०८३ १८:४३ | Friday, November 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast