रास्वपाको उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदै

हिमाल प्रेस २६ कार्तिक २०८३ २०:२५ | Thursday, November 12, 2026
रास्वपाको उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने भएको छ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली चीन जान लागेको हो।

रास्वपाका प्रवक्ता जगदीश खरेलले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायत विषयमा अनुभव आदानप्रदान र छलफल हुनेछ।

रास्वपा र सीपीसीले भ्रमणलाई नेपाल–चीन आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्य थप सुदृढ र विस्तार गर्ने अवसरका रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ।

महामन्त्री आचार्य नेतृत्वको टोलीमा गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेश कुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनम कुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पा कुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा सहभागी हुनेछन्। भ्रमण कति अवधिको हुने भन्ने केही खुलाइएको छैन।

प्रकाशित: २६ कार्तिक २०८३ २०:२५ | Thursday, November 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast