न्यायालयले समेत न्याय माग्नुपर्ने अवस्था लोकतन्त्रका लागि चिन्ताको विषय : अमरेश सिंह

हिमाल प्रेस २६ कार्तिक २०८३ १८:४० | Thursday, November 12, 2026
12
SHARES
न्यायालयले समेत न्याय माग्नुपर्ने अवस्था लोकतन्त्रका लागि चिन्ताको विषय : अमरेश सिंह

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान अवस्थामा न्यायालयले समेत न्याय माग्नुपर्ने अवस्था सिर्जना हुनु लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताएका छन्।

बिहीबार साँझ सामाजिक सञ्जालमार्फत सिंहले विगतका राजनीतिक घटनाक्रमबाट पाठ सिक्नुपर्नेमा जोड दिएका छन्।

उनले लेखेका छन्,‘अहिलेको वर्तमान अवस्थामा न्यायालयले समेत न्याय माग्ने अवस्था सिर्जना हुनु लोकतन्त्रको लागि चिन्ताको विषय हो। हामीले विगतका राजनीतिक घटनाक्रमबाट पनि पाठ सिक्न आवश्यक छ। २०१५ सालमा बीपीको नेतृत्वमा रहेको सरकार होस् वा २०७४ सालमा बनेको नेकपाको झन्डै दुई तिहाइको सरकार, इतिहासले स्पष्ट सन्देश दिएको छ।’

बालेन साह नेतृत्वको सरकार पाँच वर्ष पूरा हुनैपर्ने बताए। ‘हाम्रो आन्तरिक राष्ट्रियता कसैको उक्साहटमा कमजोर बनाउने कार्य स्वीकार्य हुँदैन। हामी नेपालको माटो र जनतालाई सम्झेर अगाडि बढ्नुपर्छ,’ उनले भने।

सांसद सिंहको भनाइ
अहिलेको वर्तमान अवस्थामा न्यायालयले समेत न्याय माग्ने अवस्था सिर्जना हुनु लोकतन्त्रको लागि चिन्ता को विषय हो।
हामीले विगतका राजनीतिक घटनाक्रमबाट पनि पाठ सिक्न आवश्यक छ। २०१५ सालमा बिपिको नेतृत्वमा रहेको सरकार होस् वा २०७४ सालमा बनेको नेकपाको झन्डै दुई तिहाइको सरकार, इतिहासले स्पष्ट सन्देश दिएको छ ।
रास्वपा पार्टी को बालेन साह नेतृत्व को सरकार पाँच बर्स पूरा हुनैपर्छ ।हाम्रो आन्तरिक रास्ट्रीयता कसैको उक्साहट मा कमजोर बनाउने कार्य स्विकार्य हुदैन। हामी नेपालको माटो र जनतालाई सम्झेर आगाडी बढ्नुपर्छ।

प्रकाशित: २६ कार्तिक २०८३ १८:४० | Thursday, November 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast