पोखरा- तनहुँको शुक्लागण्डकी नगरपालिका-११ कालिकोटमा बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
पोखराबाट स्याङ्जाको हरिनास गाउँपालिका-१ खैरीकोटतर्फ जाँदै गरेको ग १ ज ७४१० नम्बरको बोलेरो जिप बिहीबार दुर्घटनामा परेको हो।
जिप सडकबाट करिब १०० मिटर तल खसेको थियो। दुर्घटनाका बेला जिपमा चालकसहित सात जना सवार रहेकोमा ६ जना घाइते भएका छन्।
घाइतेमध्ये अम्बरबहादुर गुरुङ र रनबहादुर गुरुङलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ। अन्य घाइते निशा राना, मिलन गुरुङ, भीमबहादुर गुरुङ र चन्द्रबहादुर गुरुङको तनहुँ सेवा अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा सकुशल रहेकी दुर्गीमाया गुरुङ घर फर्किसकेकी छन्। जिपमा सवार सबै जना स्याङ्जाको हरिनास गाउँपालिका-१ खैरीकोटका स्थानीय रहेको बताइएको छ।
प्रकाशित: २६ कार्तिक २०८३ १८:२० | Thursday, November 12, 2026
प्रतिक्रिया



