फाइल तस्बिर।
काठमाडौँ- भाइटीकाको दिन हल्का वर्षाको सम्भावना कायमै रहेको मौसम विद्हरूले जनाएका छन्।
कमजोर पश्चिमी वायुको प्रभावले नेपालको पूर्वी आधा भागका केही बढी ठाउँमा हल्का वर्षा हुन सक्छ। काठमाडौंका केही ठाउँमा पनि वर्षाको सम्भावना रहेको मौसम विद् विनोद पोखरेलले बताएका छन्।
अहिलेको पूर्वानुमानमा ठूलो वर्षाको संकेत नभएकाले यात्रामा खासै असर नपर्ने बताएका हुन्। भाइटीकाको भोलिपल्टदेखि भने फेरि मौसम खुल्ने र घमाइलो हुने देखिन्छ।
प्रकाशित: २२ कार्तिक २०८३ ९:३६ | Sunday, November 8, 2026
प्रतिक्रिया



