सर्वोच्च अदालतका प्रस्तावित चारै न्यायाधीशको नाम अनुमोदन

हिमाल प्रेस २१ कार्तिक २०८३ १५:५० | Saturday, November 7, 2026
12
SHARES
सर्वोच्च अदालतका प्रस्तावित चारै न्यायाधीशको नाम अनुमोदन

काठमाडौँ- संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन गरेको छ।

सिंहदरबारमा शनिबार बसेको समिति बैठकले प्रस्तावित न्यायाधीशहरुमाथि संसदीय सुनुवाई गर्दै सवैको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।

समितिले शुक्रबार प्रस्तावित राजदूत डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारुको सुनुवाई गरेको थियो भने शनिबार जनक पाण्डे र गोकर्ण डाँगीको सुनुवाई गरेको थियो।

सुनुवाइका क्रममा समिति सदस्यहरुले प्रस्तावित न्यायाधीशबिरुद्ध परेको उजुरीको चित्तबुझ्दो जवाफ प्राप्त भएको बताएका थिए।

संसदीय सुनुवाइपछि सभापति श्रेष्ठले चारै जनाको नाम सर्वसम्मत अनुमोदन भएको घोषणा गरे।

असोज २० गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि चार जनाको नाम सिफारिस गरेको थियो।

प्रकाशित: २१ कार्तिक २०८३ १५:५० | Saturday, November 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast