काठमाडौँ– नेपाली बजारमा मंगलबार (कात्तिक १०) सुनको मूल्य उकालो लाग्दा चाँदीको भने ओरालो लागेको छ ।
सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
योसँगै मंगलबार छापावाल सुनको मूल्य २ लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार ३ हजार रुपैयाँले बढेर सुनको मूल्य २ लाख ८१ हजार ५०० रुपैयाँ थियो ।
आइतबार छापावाल सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँमा थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्य २५ रुपैयाँले घटेर ३ लाख ९५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य ४० रुपैयाँले बढेर ३ हजार ९९५ रुपैयाँ थियो ।
आइतबार चाँदीको मूल्य पनि २३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँ थियो ।
प्रकाशित: १० कार्तिक २०८३ १०:५७ | Tuesday, October 27, 2026
प्रतिक्रिया



