श्रीलंकाका टी-२० कप्तान चरिथ असलंका एनपीएल खेल्न नेपाल आइपुगे

हिमाल प्रेस ८ कार्तिक २०८३ ११:५८ | Sunday, October 25, 2026
4
SHARES
श्रीलंकाका टी-२० कप्तान चरिथ असलंका एनपीएल खेल्न नेपाल आइपुगे

काठमाडौँ- श्रीलंकाको टी-२० क्रिकेट टोलीका कप्तान चरिथ असलंका नेपाल आइपुगेका छन्।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न उनी आइतबार काठमाडौँ आइपुगेका हुन्। उनले यस सिजन विराटनगर किङ्सबाट खेल्नेछन्।

एनपीएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ।

२९ वर्षीय असलंका श्रीलंकाका अनुभवी ब्याटर हुन्। उनले श्रीलंकाका लागि ७७ टी-२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ४६६ रन बनाएका छन्। बलिङतर्फ उनले सात विकेट लिएका छन्।

फ्रेन्चाइज क्रिकेटमा समेत अनुभव बटुलिसकेका असलंकाले हालसम्म १८५ टी-२० खेल खेल्दै तीन हजार ७१५ रन बनाउनुका साथै ३७ विकेट लिएका छन्।

प्रकाशित: ८ कार्तिक २०८३ ११:५८ | Sunday, October 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast