बझाङका वडाध्यक्षको भीरबाट लडेर मृत्यु

हिमाल प्रेस ६ कार्तिक २०८३ १९:४८ | Friday, October 23, 2026
12
SHARES
बझाङका वडाध्यक्षको भीरबाट लडेर मृत्यु

धनगढी– बझाङको बुंगल नगरपालिका–७ का वडा अध्यक्ष टंक जोशीको भिरबाट लडेर मृत्यु भएको छ।

शुक्रबार दिउँसो गाउँमाथिको अठपाली भन्ने ठाउँमा खर काट्न गएका ५० वर्षीय जोशी भिरबाट लडेर चट्टानमा बजारिएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उद्धारको तयारी गर्दागर्दै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार भिरबाट लडेर गम्भीर घाइते भएका जोशीको उद्धारका लागि आवश्यक पहल भइरहेको थियो। उनलाई हेलिकोप्टरबाट उद्धार गर्ने तयारी गरिए पनि हेलिकोप्टर उड्नुअघि नै मृत्यु भएको आफन्त रामचन्द्र जोशीले बताए।

उनका अनुसार भिरबाट लडेर चट्टानमा बजारिएपछि जोशीको कानबाट रगत बगेको थियो।जोशी २०७४ सालमा नेकपा एमालेबाट र २०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका थिए। उनी दुई कार्यकाल वडा अध्यक्ष बनेका थिए।

प्रकाशित: ६ कार्तिक २०८३ १९:४८ | Friday, October 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast