एनपीएलका सबै खेलमा ‘डीआरएस’ लागू हुने, खेल समय हेरफेर

हिमाल प्रेस ३ कार्तिक २०८३ १९:४९ | Tuesday, October 20, 2026
8
SHARES
एनपीएलका सबै खेलमा ‘डीआरएस’ लागू हुने, खेल समय हेरफेर

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलमा डीआरएस प्रविधि लागू गर्ने जनाएको हो।

क्यानका अनुसार एनपीएल २०२६ को सबै खेलमा डीआरएस प्रविधिको प्रयोग गरिनेछ।

डीआरएसको प्रयोगले खेल प्रतियोगिताका क्रममा मैदानमा खटिने अम्पायरबाट हुने निर्णयलाई चुनौती दिन टोलीलाई अवसर दिनेछ।

अम्पायरको निर्णयप्रति असहमति जनाउने टोलीले मागदाबीसहित सम्बन्धित फुटेज हेर्न सक्ने छ।

यसैबीच, डीआरएसको व्यवस्थासँगै खेल समय पनि परिवर्तन गरिएको क्यानले जनाएको छ।

सार्वजनिक गरिएको संशोधित तालिकाअनुसार दैनिक दुई खेल हुने दिन पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल साँझ ५ः०० बजे सुरु हुनेछ।

एक खेल हुने दिन भने खेल साँझ ५ः०० बजे सुरु हुने क्यानले जनाएको छ।

प्रतियोगिता यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।

प्रकाशित: ३ कार्तिक २०८३ १९:४९ | Tuesday, October 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast