काठमाडौँ- बडादसैँअन्तर्गत महाअष्टमीका दिन काठमाडौँ उपत्यकाका सडकमा सवारी साधन न्यून देखिएको छ।
नवरात्रको अन्य दिनको तुलनामा आइतबार महाअष्टमीका दिन उपत्यकाका सडकमा न्यून संख्यामा सवारी साधान सञ्चालनमा छन्।
त्यसैगरी दसैँ मनाउन सर्वसाधारण जन्मथलो फर्केका कारण पनि उपत्यकामा चहलपहल कम भएको हो।
दसैँको चहलपहल सुरु भएसँगै संघीय राजधानी काठमाडौँबाट गाउँ फर्किनेको संख्या तीव्र रुपमा बढेको थियो। उपत्यकाका सडकमा न्यून सवारी साधन चलेपछि तीव्र गतिलाई नियन्त्रण गर्न विभिन्न स्थानमा चेकजाँच भइरहेको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाएको छ।
त्यस्तै सीसीटीभी क्यामेराबाट पनि निरन्तर निगरानी गरिएको कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: १ कार्तिक २०८३ १५:१६ | Sunday, October 18, 2026
प्रतिक्रिया




