सुनसान काठमाडौँ

हिमाल प्रेस २५ असोज २०८१ १४:५२ | Friday, October 11, 2024
सुनसान काठमाडौँ

काठमाडौँ- नेपालीहरूको महान चाड बडादसैँको रौनक देशैभर बढेको छ। पूजाअर्चना हुने शक्तिपीठ र मन्दिरमा श्रद्धालुहरूको आवतजावत बढेपछि दसैँको रौनक पनि बढेको हो।

शक्तिपीठ तथा मन्दिरहरूमा बिहानैदेखि श्रद्धालुहरूको घुइँचो देखिन थालिएको छ। दसैंको अवसरमा टिका थाप्न तथा आफन्तजनको आर्शिवाद लिन आ–आफ्नो गाउँ र फर्कने क्रम पनि बढेको छ।

दसैँमा चहलपहल बढे पनि काठमाडौँ उपत्यका भने सुनसान भएको छ। यहाँ बसेर काम गर्ने कर्मचारी, विद्यार्थीलगायतका सर्वसाधारण दसैँ मान्न आ–आफ्नो घर फर्किएपछि उपत्यका सुनसान भएको हो।

सरकारी तथा निजी कार्यालय, शैक्षिक संस्थाहरूमा दसैँ बिदा भएपछि कर्मचारी र विद्यार्थीहरू पनि दसैँ मान्न काठमाडौँबाट बाहिरिएका छन्।

यहाँका अधिकांश पसलहरू बन्द भएका छन् भने अधिकांश समय व्यस्त रहने मुख्य चोक तथा बजारहरू सुुनसान भएका छन्। काठमाडौँका सडकमा गुड्ने सवारी साधनको चाप पनि पालिँदै गएको छ।

उपत्यकाभित्र अन्य दिनका तुलनामा सार्वजनिक यातायातका साधन पनि कम चलेका छन्।

नेपाल यातायात व्यवसायी महासंघका अनुसार शुक्रबारसम्म १३ लाख मानिसले उपत्यका छाडेका छन्। १८ लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यका बारिहने अनुमान गरिए पनि बाढीपहिरोका कारण यो संख्यामा मानिस बाहिरिएको महासंघको भनाइ छ।

महासंघका अनुसार अघिल्लो वर्ष दसैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए।

प्रकाशित: २५ असोज २०८१ १४:५२ | Friday, October 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast