पाँच लाखले छाडे उपत्यका

हिमाल प्रेस १ कार्तिक २०८३ १६:३२ | Sunday, October 18, 2026
10
SHARES
पाँच लाखले छाडे उपत्यका नयाँ बसपार्क

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको संख्या पाँच लाख नजिक पुगेको छ।

घटस्थापनादेखि शनिबारसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम जारी छ।

हिजोअस्तिको तुलनामा आइतबार बाहिरिने यात्रीको संख्या घटेको छ। गोँगबुस्थित नयाँबसपार्क, माछापोखरी, कलंकी, बल्खु, कोटेश्वर र गौशालामा यात्रुको चाप छ।

दसैँ मनाउन सर्वसाधारण फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै उपत्यकाबाट बाहिरिएका छन्।

प्रकाशित: १ कार्तिक २०८३ १६:३२ | Sunday, October 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast