नेपाल टेलिकम एनपीएल–३ को ‘अफिसियल पार्टनर’

हिमाल प्रेस १ कार्तिक २०८३ १५:५४ | Sunday, October 18, 2026
10
SHARES
नेपाल टेलिकम एनपीएल–३ को  ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) प्रायोजन गर्ने भएको छ।

टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान) का महाप्रबन्धक उत्सव ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

त्यस अवसरमा प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको स्मरण गर्दै देशमा क्रिकेको संस्थागत विकासमा यसबाट योगदान पुग्ने विश्वास व्यक्त गरे।

कात्तिक ९ देखि आगामी मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा एनपीएल हुँदैछ।

प्रकाशित: १ कार्तिक २०८३ १५:५४ | Sunday, October 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast