एनपीएल ३

जनकपुरले टस जित्यो, लुम्बिनी ब्याटिङमा

हिमाल प्रेस १९ कार्तिक २०८३ १२:०९ | Thursday, November 5, 2026
जनकपुरले टस जित्यो, लुम्बिनी ब्याटिङमा

काठमाडौँ- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (विहीबार)को खेलमा जनकपुर बोल्टसले टस जितेर बलिङ रोजेको छ। जनपकुरका कप्तान हर्मित सिंहले बलिङ रोजेका हुन्। लुम्बिनी लायन्सले ब्याटिङ गर्ने भएको छ। हालसम्म लुम्बिनी अपराजित छ भने जनकपुरले एक खेल हारेको छ।

जनकपुरले प्लेइङ–११ मा दुई परिवर्तन गरेको छ। मोइन अली र अमर सिंह रौटेला बाहिरिँदा परवेज हुसेन र आदित्य महता टोलीमा आएका छन्।

प्रकाशित: १९ कार्तिक २०८३ १२:०९ | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast