धार्मिक यात्रामा रहेका अजयबाबुलाई साइबर ब्युरोको फोन, काठमाडौँ आउँदै

हिमाल प्रेस १९ कार्तिक २०८३ १२:०१ | Thursday, November 5, 2026
धार्मिक यात्रामा रहेका अजयबाबुलाई साइबर ब्युरोको फोन, काठमाडौँ आउँदै

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ । काठमाडौंबाहिर धार्मिक यात्रामा रहेका उनलाई फोन सम्पर्क गरी साइबर ब्युरोमा बोलाइएको कांग्रेस मिडिया सेन्टरले जनाएको छ ।

उनले आफू साइबर ब्युरोमा जाने बताएका छन् । आफूलाई प्रहरी लगाएर खोज्नु नपर्ने भन्दै उनले काठमाडौं आउँदै गरेको उल्लेख गरेका छन् ।

बिहीबार (कात्तिक १९) बिहान सहमहामन्त्री शिवाकोटीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदै छु।’

शिवाकोटीले सरकारले विधिविधान मिचेर काम गरिरहेको र कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको भन्दै सामाजिक सञ्जालमार्फत नै केही दिनदेखि प्रतिक्रिया दिइरहेका छन् ।

प्रकाशित: १९ कार्तिक २०८३ १२:०१ | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast